Sajhamanch Archive

मेचीनगरका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

काँकरभिट्टा । मेचीनगरका विभिन्न संघ संस्थालगायत व्यक्तिहरुले मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा धमाधम राहत रकम र सामाग्री जम्मा गरीरहेका बखत नगरपालिकाका जनप्रतिनिधिले समेत आफुले पाउदैं आएको एक महिनाको सेवा सुविधा बापतको रकम सोहि खातामा जम्मा गर्ने भएका छन् ।

झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या र भौगोलिक दृष्टिकोणले सवैभन्दा ठुलो मानिएको मेचीनगर नगरपालिकामा १५ वटा वडारहेका छन् । नगरप्रमुख उपप्रमुख,वडा अध्यक्ष, वडा सदस्यतथा कार्यपालिकासहित मेचीनगर नगरकार्यपालिकामा कुल रहेका कुल ८० जना जनप्रतिनिधिहरुले बैशाख महिनामा आफुहरुले प्राप्त गर्ने सवै सेवा सुविधा वापतको रकम खातामा जम्मा गर्ने निर्णय भएको नगर प्रमुख विमल आचार्यले बताउनुभयो । जनप्रतिनिधिहरुले चैत महिनाको सवै सेवा सुविधा प्राप्त गरिसकेका कारण बैशाख महिनाको सेवा सुविधा वापतको रकम जम्मा हुनेछ ।

यो निर्णय भए लगत्तै खातामा मेचीनगरका जनप्रतिनिधिहरुले एक महिनामा विभिन्न शिर्षकबाट प्राप्त गर्ने सुविधा बापतको १० लाख ५० हजार ३ सय ९० रुपैयाँ खातामा जम्मा हुने उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

उहाँका अनुसार नगरका जनप्रतितिनिधिहरुले बैठक भत्ता, टेलिफोन खर्च, खाजा खर्च, पुस्तक पत्रपत्रिका र इन्टरनेट खर्च, अनुगमन खर्च, खानेपानी तथा बिजुली खर्च, सरसफाई र मर्मत र अतिथि सत्कार शीर्षकमा सुविधा बापतको रकम पाउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *