Sajhamanch Archive

कोरोना भाइरस: बेलायतमा नेपाली नर्सको यस्तो छ पीडा, छैन पीपीई

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

लन्डन । संसारका अरू मुलुकहरू जस्तै ब्रिटेनमा पनि कोरोनाभाइरसको महामारीले जनजीवन अस्तव्यस्त छ। व्रिटेनमा संक्रमण र र्मतयु दर बढ्दैं गएको छ ।

सरकारले मानिसहरूलाई अत्यावश्यक काम नभएसम्म बाहिर ननिस्कन भनेको छ, तर रश्मिता दर्लामीलाई बिहानै उठेर काममा जान हतार हुन्छ।

लन्डनस्थित सेन्ट मेरीज हस्पिटलको स्त्रीरोग सम्बन्धी विभागमा कार्यरत रश्मिताले अस्पतालले अहिले अन्य रोगका बिरामीहरूका सबै ‘अपोइन्टमेन्ट’ रद्द गरेर कोभिड १९ (कोरोनाभाइरस) सङ्क्रमणबाट लाग्ने रोगबाट सङ्क्रमित बिरामीहरू मात्रै हेरिरहेको बताइन्।
‘मेरै वार्डका २र३ जना साथीहरू बिरामी हुनुभएको छ, एकान्तवासमा बसिरहनु भएको छ, त्यसैले थोरै जनशक्तिले धेरै काम गर्नु पर्ने वातावरण छ, वार्ड म्यानेजरको रूपमा काम गरिरहेकी रश्मिताले बताइन् ।

मुख्य समस्या यो महामारीले पारेको मानसिक दबाब रहेको नर्स रश्मिता दर्लामीले बताएकी छन् ‘सुरुमा सङ्क्रमितहरूसँग सम्पर्कमा आउनुअघि स्वास्थ्यकर्मीहरूले लगाउनु पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) आइनपुगेर तनाव भएको थियो भने अहिले हरेक घण्टामा फेर्नु पर्दा नपुग्ने अवस्था आउने गरेको छ ।’– उनले भनिन्।

‘हामी पब्लिक हेल्थ इङ्ग्ल्याण्डले जारी गरेको निर्देशिका पालना गर्छौं जसअनुसार निलो सर्जिकल मास्क, प्लास्टिकको हाफ एप्रोन र पन्जा लगाउँछौँ, तर मुख्य समस्या चाहिँ यो रोगले उत्पन्न गर्ने मानसिक दबाब नै हो ।’– रश्मिताले भनिन्।

कैयन् नेपालीको मृत्यु
ब्रिटेनमा अहिले कोभिड–१९ रोगका कारण दिनहुँ सयौँको ज्यान जान थालेको छ। एउटा सरकारी निकाय, पब्लिक हेल्थ इङ्ग्ल्याण्डका अनुसार शनिवार ९११ एप्रिल० मा मात्रै ९१७ जनाको ज्यान गएको थियो। अहिलेसम्म ब्रिटेनमा झन्डै ७९ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ भने झन्डै १० हजार जनाको मृत्यु भइसकेको छ।

तीमध्ये ब्रिटेनमा बसोबास गर्ने चारजना भूतपूर्व गोर्खा सैनिक सहित कम्तीमा ६ जना नेपालीहरूको दुस्खद निधन भएको बताइएको छ। अभूतपूर्व दबाब गएको १४ वर्षदेखि ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा कार्यरत वरिष्ठ नर्स प्रसुना कंडेल अहिले जत्तिको काममा दबाब र तनाव यसअघि कहिल्यै नबेहोरेको बताउँछिन्।

‘एकातिर सक्दो प्रयास गर्दा पनि ठूलो सङ्ख्यामा बिरामीहरूको आफ्नै आँखा अगाडि निधन भै रहेको छ भने सङ्क्रमणबाट आफू कसरी जोगिने भन्ने चिन्ता पनि छ ।’– लन्डनस्थित नर्थवेस्ट एनएचएस ट्रस्ट अन्तर्गतको एक अस्पतालको सघन उपचार कक्षमा सिनियर सिस्टरको रूपमा कार्यरत प्रसुनाले भनिन्। ‘पहिलो पटक बुवाले पनि नेपालबाट फोन गरेर छोरी जागिर छाडिदेउ भन्नु भयो, मन नै अमिलो भयो।’

त्यसो त नेप्लिज नर्सेस एसोसियशन युकेकी पूर्व अध्यक्ष प्रसुना आफू मात्रै होइन ब्रिटेनमा कार्यरत अरू नेपाली नर्सहरूको मनोबल बढाउन पनि खटिरहेकी छिन्। काममा अरूको हेरचाहका साथसाथै आफू कसरी जोगिने भन्ने चिन्ता पर्ने प्रसुना कंडेल बताउँछिन्

उनले एउटा भिडिओ बनाएर आफ्नो सन्देश आफ्नै फेसबुक पेजमा पोस्ट गरिन्। उनले साथीहरूलाई फोन गरेर हालखबर बुझ्ने पनि गरिरहेकी छिन्। ‘काम सकेर घर फर्किँदा निकै थाकेकी हुन्छु, तर खाना खाएर सुत्नु अघि युट्युबमा गाइडेड मेडिटेसन लगाएर ध्यान गर्छु। यसले राम्रो निद्रा परेको अनुभव गरेकी छु ।’– उनले भनिन्।

इटलीलाई उछिन्दै कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा विश्वकै उच्च कति नेपाली नर्स छन्  ।  ब्रिटेनमारु ब्रिटेनको नर्सिङ्ग एण्ड मिडवाइफरी काउन्सिलको तथ्याङ्क अनुसार सन् २०१७ सम्ममा झन्डै १७ सय नेपाली नर्सहरू उक्त काउन्सिलमा दर्ता भइ विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरूमा कार्यरत थिए।

तर काउन्सिलमा दर्ता नभइकन विभिन्न हेरचाह केन्द्रमा कार्यरत नेपाली नर्सहरूको सङ्ख्या त्यसको दोबर हुन सक्ने वरिष्ठ नर्सहरू नै बताउँछन्। न त कुनै खोप, न कुनै उपचार, महामारीको रूपमा फैलिएको कोभिड १९ रोगले आम मानिसलाई जस्तै अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई पनि त्रसित बनाएको छ।

ब्रिटेनमा अहिलेसम्म नर्स, डाक्टर लगायत कम्तीमा १९ जना स्वास्थ्यकर्मीहरूको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गइसकेको छ। महामारी फैलँदै जाँदा हरेक दिन सैयौँको सङ्ख्यामा बिरामीहरू अस्पताल भर्ना हुने गरेका छन्। काेरोनाभाइरसबाट सङ्क्रमित ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।

कोरोनाभाइरसबाट सङ्क्रमित भएका स्वास्थ्यमन्त्री म्याट ह्यानकक निको भएपछि अहिले काममा फर्किसकेका छन्।

स्वाभाविक त्रास
‘यस्तो बेला अग्रपङ्क्तिमा रहेका हामी स्वास्थ्यकर्मीहरू त्रसित हुनु स्वाभाविक हो। हामी सबैको आफ्नो परिवारको रेखदेख गर्नु पर्ने जिम्मेवारी छ। त्यसले गर्दा पनि महामारीले स्वास्थ्यकर्मीहरूमाथि निकै दबाब र तनाव थपिदिएको छ ।’–ऐल्सबेरीस्थित स्टकम्यान्डभिल अस्पतालमा कार्यरत वरिष्ठ नर्स अजिता सिम्खडाले भनिन्।

कोरोनाका लक्षणहरू देखिएकाले गर्दा झन्डै २ सातासम्म घर मै एकान्तवासमा बसेपछि अजिता अहिले निको भएर आफ्नो काममा फर्किसकेकी छन्।

मानसिक चिन्ताबाट पार पाउन गीत सङ्गीतका साथै साथीहरूसँग मनका कुरा र ध्यानको अभ्यास गरिरहेको अजिता सिम्खडाको भनाइ छ । धेरै नेपाली नर्सहरूले कामको दबाब र मानसिक तनाव बेहोरिरहेको थाहा पाएपछि अहिले उनले हरेक दिन बेलुका अनलाइन परामर्श शुरू गरेकी छिन्।

‘यसमा हामी गीत, सङ्गीत सुन्छौँ। साथीहरूले आफ्ना मनका कुरा, चिन्ता निर्धक्क बाँड्नुहुन्छ र केही समय ध्यानको अभ्यास पनि गर्छौं., नेप्लिज नर्सेस एसोसियशन युकेकी संस्थापक अध्यक्ष समेत रहेकी अजिताले भनिन्।

नर्सको भूमिका महत्त्वपूर्ण
सङ्क्रामक महामारीको बेलामा मात्रै हैन, सामान्य अवस्थामा पनि बिरामीको हेरविचार गर्न नर्सहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ। बिरामीको तापक्रम, रक्तचाप इत्यादी मापन गर्ने, समय समयमा औषधी दिने, शल्यक्रिया गर्दा विशेषज्ञ डाक्टरलाई सघाउने जस्ता काम नर्सले नै गर्दछन्।

ब्रिटेनमा गत चार दशकदेखि एनएचएसमा कार्यरत वरिष्ठ चिकित्सक डा राघवप्रसाद धिताल अग्रपङ्क्तिमा काम गरेका नेपाली नर्सहरूले आफ्ना सहकर्मी र बिरामीहरूको मन जितेको बताउँछन्। ‘तर अहिलेको जस्तो सङ्कटको अवस्थामा त्यसरी काम गर्ने नर्स र स्वास्थ्यकर्मीहरूलाई उनीहरूको परिवारले ढाडस दिनु र सहयोग गर्नु पर्दछ। दिनभरि ड्युटी गरेर थाकेर आएकी श्रीमतीले घरमा आएर खाना पकाइ दिउन्, छोराछोरी हेरी दिउन् भन्ने मानसिकता राख्नु हुँदैन। सक्दो हौसला र सहयोग गर्नु पर्दछ ।’– उनले भने।

परिवारको सहयोग
ब्रिटेनमा स्वास्थ्यकर्मीहरूले यसअघि यस्तो सङ्कटसँग जुध्नु परेको डा धिताललाई कुनै सम्झना छैन। ‘अग्रपङ्क्तिमा काम गर्ने नर्स तथा चिकित्सकहरूले जोखिम बेहोरेरै काम गरिरहेका छन्। व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) नदिएर काम गर भन्नु सैनिकलाई हतियार नदिएर लड्न जाउ भन्नु जस्तै हो। अहिले पीपीइको अभाव धेरै हदसम्म समाधान भएको छ, तर यो नयाँ रोग भएको र औषधि आइनसकेकाले स्वास्थ्यकर्मीहरूमा पनि त्रास छँदैछ।’

यस्तो त्राससँग जुध्न सघाउन परिवारको भूमिका महत्त्वपूर्ण हुन्छ। एनएचएसका स्वास्थ्यकर्मी अग्रपङ्क्तिमा खटिएका छन्
रश्मिताका श्रीमान मिन दर्लामी एक वित्तीय परामर्शदाता हुन्। अहिले उनले धेरैजसो काम घरबाटै गर्ने गरेका छन्। ‘म बिहान श्रीमतीलाई आफ्नै मोटरमा अस्पताल पुर्‍याउन र लिन जान्छु। यात्रा गर्दा मैले उनका कुराहरू ध्यान दिएर सुन्छु र सकेसम्म सल्लाह पनि दिन्छु। उनलाई मैले घरमा पनि सघाउने गरेको छु ।’– दर्लामीले भने।

रश्मिता अनिश्चय र सङ्कटको यो बेला आफ्ना श्रीमान जस्तै सबै नेपाली नर्सहरूका श्रीमान, श्रीमतीलाई आफ्नो जीवनसाथीको कुरा सुनिदिन र सक्दो सहयोग गर्न सुझाव दिन्छिन्। ‘हरेक दिन जोखिम बेहोरिरहेका पेशाकर्मीहरूले आफ्नै परिवारबाट यति अपेक्षा त गर्नै प(यो नि ।’– उनले भनिन्।

हरेक बिहिबार राति ८ बजे ब्रिटेनभरि मानिसहरू घर बाहिर निस्केर आफ्नो ज्यान जोखिममा राखेर सङ्कटको यो घडीमा पनि अग्रपङ्क्तिमा सेवा पुर्‍याइरहेका नर्स, डाक्टर र अन्य सेवाकर्मीहरूको प्रशंसा गर्दै ताली पिट्ने गर्दछन्।

यसले गर्दा आफूहरूको मनोबल बढेको वरिष्ठ नर्स अजिता सिम्खडाले बताइन्। ‘हामीले जोखिम बेहोरेर सेवा गरिरहँदा तपाईंहरू सकभर घरभित्रै बसिदिनुहोस्। सरसफाइमा ध्यान दिनुहोस्, तातो सुप, झोल पदार्थ पिउनुहोस्। हामी सबैले एक अर्कालाई सघायौँ भने सङ्कटको यो घडी कसो पार गर्न नसकिएला र ।’– उनले भनिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *