Sajhamanch Archive

वडा बासीको ज्वरो नाप्न घर–घर पुगे वडाध्यक्ष

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले आफ्नो वडाका ८५ जना बृद्ध बृद्धाहरुलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधी बितरण गरेको छ ।

लकडाउनको समयमा स्वास्थ्य चौकी सम्म पुग्न नसक्ने भएकाले बृद्ध बृद्धाहरुलाई सहज होस् भनेर सोमबार वडा नम्बर ६ ले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी बितरण गरेको हो । वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीको संयोजकत्वमा वडा सदस्य बद्रीनाथ खनाल, शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत निराजन पराजुली, नेपाल रेडक्रस सोसाईटी शिवसताक्षी उपशाखाका सभापती नारायण प्रसाद दाहाल लगायतको टोलीले घरघर पुगेर बृद्ध बृद्धाहरुको स्वास्थ्य परीक्षण, औषधी तथा परार्मश दिएको थियो । जाँच गरिएका अधिकांशमा दम, प्रेसर, तथा सुगरका बिरामीहरु अधिक मात्रामा पाइएको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत निराजन पराजुलीले बताए ।

कोरोना भाइरसंको संक्रमणको जोखिमका कारण गरिएको लकडाउनले नियमित औषधी सेवन गर्ने विरामी र बृद्ध बृद्धाहरुलाई समस्यामा परेको अध्यक्ष खुलालले बताए । उनी नव वर्षको दिन वडाबासीको धन्यवादका पात्र मात्र बनेनन् । लकडाउनका बेला नव वर्षको शुभकामना वडा बासीलाई घरैमा गएर दिए भने वडाबासीबाट आर्शिवाद पनि लिन भ्याए ।

वडा बासीको करिव २ सय जनाको ज्वरो समेत मापन गरिएको थियो । अध्यक्ष खुलालले आफैले पनि थर्मोगनका सहयताबाट वडा बासीको ज्वरो मापन गरे । बर्षको पहिलो दिन घरमानै स्वास्थ्य सेवा पाएकोमा बृद्धबृद्धाहरुले खुसी व्यक्त गरेका छन् ।

शिवसताक्षीको वडा नं. ४,५, ६ भारतीय सीमाको नजिक भएका कारण पनि कोरोना संक्रमितको जोखिम बढ्ने सक्ने सम्भावना देखिन्छ । वडाध्यक्ष खुलालले भने आफ्नो वडाका नागरिकको सुरक्षाका लागि वडाध्यक्षको पहिलो दाहित्व हुन्छ । त्यसका लागि म सम्वेदनशिल भएर लागेको छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *