Sajhamanch Archive

सिण्डिकेटधारी व्यवसायीको बैंक खाता फुकुवा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं – यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।

समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको रकम निकासा दिइने बताएको छ ।  सवारी दुर्घटनामा घाइतेको उपचार, मृतकको राहत, कर्मचारीको तलबसहितको सेवा सुविधा कार्यालय खर्च तथा पानी बत्तीको खर्च विवरण पेस गर्न पाउने छ ।

गत चैत्र १८ गते सरकारले सार्वजनिक यातायातलाई करको दायरामा ल्याउन र सिन्डिकेटको अन्त्य गर्न नयाँ निर्देशका जारी गरेको थियो ।

निर्देशिककाको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गरे पनि सरकारले समितिहरुको खाता रोक्का गरेको थियो ।गोरखा पत्रबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *