Sajhamanch Archive

कारोनाको कहरः अमेरिकासहित अन्य देशको यस्तो छ अवस्था

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अमेरिकामा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या १६ हजार नाघेको छ। अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो। वल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ७७ हजार ५६ पुगिसकेको छ।

अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जनाको जागिर गुमेको छ। अमेरिकामा बेरोजगारीको आँकडामा यो नयाँ रेकर्ड हो। अघिल्लो दिनको तुलनामा आजपनि विश्वभर मृतकको संख्या फेरी बढेको देखिएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ४ सय १७ पुगेको छ। पछिल्लो विवरणअनुसार संसारभर २१ लाख ८० हजार ३ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ।

त्यस्तै अहिलेसम्म विश्वभर ५ लाख ४६ हजार ७४३ जना ठिक भएका छन्। अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा यस भाइरसका कारण भयावह स्थिति भएको छ। इटालीमा १ लाख ६८ हजार ९४१ कुल संक्रमित भएका छन् भने २२ हजार १७० जनाको मृत्यु भएको छ। यसैबीच ४० हजार १६४ निको भएर फर्किएका छन्। स्पेनमा एक लाख ८४ हजार ९४८ कुल संक्रमित भएका छन् भने १९ हजार ३१५ जनाको मृत्यु भएको छ । यसैबीच ७४ हजार ७९७ जना निको भएर फर्किएका छन्।

फ्रान्समा एक लाख ६५ हजार २७ कुल संक्रमित भएका छन् भने १७ हजार ९२० जनाको मृत्यु भएको छ । यसैबीच ३२ हजार ८१२ जना निको भएर फर्किएका छन्। बेलायतमा अहिलेसम्म एक लाख ३ हजार ९३ कुल संक्रमित भएका छन् भने १३ हजार ७२९ जनाको मृत्यु भएको छ । इरानमा ७७ हजार ९९५ कुल संक्रमित भएका छन् भने ४ हजार ८६९ जनाको मृत्यु भएको छ । यसैबीच ५२ हजार २२९ निको भएर फर्किएका छन् । बेल्जियममा ३४ हजार ८०९ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ८५७ जनाको मृत्यु भएको छ । यसैबीच ७ हजार ५६२ निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ३७ हजार ६९८ कुल संक्रमित भएका छन् भने ४ हजार ५२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार निको भएर फर्किएका छन् ।

चीनमा अहिलेसम्म ८२ हजार ३४१ कुल संक्रमित भएका छन् भने ३ हजार ३४२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ८९२ निको भएर फर्किएका छन् । नेदरल्याण्डसमा अहिलेसम्म २९ हजार २१४ जना संक्रमित भएका छन् भने ३ हजार ३१५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३० हजार ४२५ जना संक्रमित भएका छन् भने एक हजार ९२४ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म १४ हजार २६ जना ठिक भएका छन् । टर्कीमा ७४ हजार १९३ जना संक्रमित भएका छन् भने एक हजार ६४३ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ८९ जना निको भएर फर्किएका छन् । स्विडेनमा १२ हजार ५४० जना संक्रमित भएका छन् भने एक हजार ३३३ जनाको मृत्यु भएको छ । स्विटजरल्याण्डमा कुल २६ हजार ७३२ संक्रमित भएका छन् भने एक हजार २८१ जनाको मृत्यु भएको छ । त्यस्तै १५ हजार ९०० जना निको भएर फर्किएका छन् । क्यानाडामा २९ हजार ९२९ जना संक्रमित भएका छन् भने एक हजार १९१ जनाको मृत्यु भएको छ । त्यस्तै ९ हजार ६७४ जना ठिक भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *