भारतको पश्चिम बंगालमा कोरोना भाइरसबाट १० जनाको ज्यान गयो
Published: (Updated: )
by .झापा । भारतको पश्चिम बंगालमा कोरोना भाइरसबाट विहीबार बेलुकी सम्ममा १० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने २४ जना नयाँ संक्रमित फेला परेको राज्य सरकारले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । राज्यका मुख्यसचिव राजीव सिन्हाले भने, ‘राज्यमा १४४ जना सङ्क्रमित पुगेका छन् ।’ यद्यपि केन्द्र र राज्य सरकारको तथ्याङ्क भने मिलेको छैन । केन्द्र सरकारले पश्चिम बङ्गालमा २३१ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ ।
पश्चिम बङ्गालमा ५८२ वटा क्वारेन्टाइन सेन्टरमा तीन हजार नौसय १५ जनालाई राखिएको छ । अहिले ४० हजार मानिस होम क्वारेन्टाइनमा छन् । २० हजार मानिस क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् । अहिलेसम्म राज्यमा चार हजार जनाको कोरोना जाँच गरिएको छ ।
Comments