Sajhamanch Archive

विश्वमा कोरोना : एक लाख ६० हजारको मृत्यु, २३ लाख संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by .

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर मृत्यू हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वल्डोमिटरको विहानको तथ्याङ्क अनुसार १ लाख ६० हजार ७५४ जनाको मृत्यू भएको छ ।

ज्यान गुमाउनेमा सबैभन्दा बढी अमेरिकाका नागरिक छन् । अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार संक्रमित बनेका छन् । दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७५ हजार बढी संक्रमित छन् ।

उता स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने एक लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमणको चपेटमा परेका छन् ।

फ्रान्समा १८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १५ हजार ४ सय नाघेको छ । फ्रान्समा १ लाख ५१ हजार व्यक्ति संक्रमित छन् भने बेलायतमा सक्रमित हुनेमा १ लाख १४ हजारभन्दा बढी रहेका छन् ।

विश्वभर १ लाख ६० हजारभन्दा बढी मानिसको मृत्यु र २३ लाख ३० हजार व्यक्ति संक्रमित हुँदा ५ लाख ९६ हजार व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् ।
(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *