उदयपुरमा एकै परिवारका पाँच जना कोरोना संक्रमित
Published: (Updated: )
by .काठमाण्डौ । मंगलबार कोरोना पुष्टि भएका ११ संक्रमितमध्ये दुईजना महिला र नौजना पुरुष रहेका छन्।
संक्रमितहरू एकै परिवारका पाँचजना र अरु अन्य परिवारका छन्। हिजो संक्रमित सबै भुल्केका स्थानीयबासी हुन्। पाँचजनामध्ये एकै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाई र १८ वर्षीय भाञ्जा रहेका छन्। १८ वर्षीय छोरा भारतको उत्तरप्रदेशमा उर्दु भाषा पढ्न गएको खुलेको छ।
उनी लकडाउनभन्दा केही दिनअघि मात्रै उनी घर आएको बुझिएको छ। उता गाईघाट बजारमा जुत्ताचप्पलको व्यापार गर्दै आएका बहिनी ज्वाईं लकडाउनका कारण व्यापार गर्न नपाएपछि माइती घरमा बस्दै आएका थिए। व्यापार गर्दै आएको बजारको घर साँघुरो भएको र बाहिर आउजाउ गर्न नपाएपछि माइती घरमा गएर बसेका छिमेकीले बताएका छन्। स्थानीयले संक्रमित व्यापारी गाउँ सिल गर्नुअघि लकडाउनकै समयमा पनि गाईघाट आउजाउ गरेको बताएका छन्। गाईघाट बजार र बस्तीसमेत आउजाउ भएकाले संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।
बुधबार पुष्टि भएकामा २४, ६० र ७२ वर्षीय पुरुष छन्। हिजो पुष्टि भएका संक्रमितहरूको उमेर १८, १८, २०, ३३, ४०, ४१,४१, ५२, ५८ वर्षीय पुरुष, ३६ वर्षीया महिला र अर्की एक महिलाको उमेर नखुलेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म संक्रमितको संख्या ४५ पुगेको छ ।
Comments