मेची उद्योग वाणिजय संघले पहाडी जिल्लालाई ८० हजारका सामान पठायो
Published: (Updated: )
by .धुलाबारी । मेची उद्योग वाणिज्य संघ मेचीनगरले तीनवटा पूर्वी पहाडी जिल्लाका उद्योग वाणिज्य संघलाई सुरक्षा सामग्री पठाएको छ । संघले इलाम, ताप्लेजुङ, पाँचथर उद्योग वाणिज्य संघलाई बिहीबार १०/१० थान पीपी सेट, १०० थान मास्क, १०० थान ग्लोब्स पठाएको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए ।
साथै संघले आम्दा मेची अस्पताललाई १० थान पीपी सेट प्रदान गरेको छ । तीनवटा उद्योग वाणिज्य संघ र आम्दा अस्पताललाई निःशुलक रुपमा उपलबध गराएको सामानको मूल्य करिव ८० हजार रुपैयाँ पर्ने संघका कार्यकारिणी सदस्य दीपेन्द्रराज पाण्डेले बताए ।
बजारमा नूनको अभाव भइरहेका बखत यसलाई टार्न वा सहजता दिनका लागि संघले दोस्रो चरणको नून बिक्री शुक्रबारबाट खुला गर्ने जनाएको छ । बजारमा खाद्यान्न अभाव हुन नदिनका लागि संघ नगरभित्रका चामल, तेल, दाल उद्योगसँग पटकपटक छलफलमा जुटिरहेको संघका उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिलले बताए ।
Comments