Sajhamanch Archive

ढुवानी रकम जोडेर पेट्रोलियम पदार्थ बिक्री गर्न पम्प सञ्चालकहरूको माग

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मेची भन्सार नाका बन्द भएपछी पूर्वका करिव २५ पेट्रोल पम्पहरुले डिजल र पेट्रोलमा प्रतिलिटर १ रूपैंया ०३ पैसा घाटा वेहोरिरहेको पेट्रोल पम्प सञ्चालकहरूले बताएका छन् ।

शिलगुढी हुँदै आयाल निगमको चारआली डिपोमा आउने पेट्रोलियम पदार्थ यतिबेला नाका बन्द भएपछि अमलेखगञ्ज हुँदै बिराटनगरबाट आउने गरेको छ । जसले गर्दा पूर्वको पनि विलिङ पोइन्ट बिराटनगर भएको र ढुवानी भाडा बढि भइरहेको जनकल्याण शिव स्टोर बुधबारेका संचालक समेत रहेका नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय सचिव लयप्रसाद भण्डारीले बताए ।

उनले विलिङ पोइन्ट बिराटनगर भएको र त्यहाँबाट आउँदा लाग्ने ढुवानी भाडा जोडेर बेच्न पाउनुपर्ने माग राखे । यस बिषयमा सम्बन्धित सबै निकायमा जानकारी गराएको बताउँदै लिखित रूपमा नेपाल आयल निगमले पम्प संचालकलाई त्यो अधिकार दिनुपर्ने उनका भनाई थियो ।

विलिङ पोइन्टबाट १५ किलोमीटरको दुरि देखि ढुवानी भाडा जोड्न पाउने प्रावधान रहेको सचिव भण्डारीले बताए । सोहि अनुसार यसअघि चारआली डिपोबाट विलिङ पोइन्ट रहेर कारोबार गरिरहेका पेट्रोल पम्प सञ्चालकहरूले विलिङ पोइन्ट बिराटनगर रहुनजेल बढेको ढुवानी भाडा अनुसार डिजल र पेट्रोलमा प्रति लिटर १ रूपैंया ०३ पैसा जोडेर ग्राहकसँग लिन पाउनुपर्ने व्यवसायीहरुले माग राखेको छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *