Sajhamanch Archive

कोरोना प्रभावित क्षेत्रको बाह्रदशी गाउँपालिकाद्वारा चार किल्ला सिल

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by .

बिर्तामोड । झापाका बाहदशी गाउँपालिकाका एक व्यक्तिमा कोरोना कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाले चारकिल्ला सिल गरेको छ । सोमवार बसेको सर्वदलीय बैठकले प्रभावित कोरोना प्रभावित क्षेत्रको चार किल्ला सिल गर्ने निर्णय गरेको हो ।

आइतबार बाह्रदशी गाउँपालिका स्थित राजगढ निवासी ५० वर्षीय पुरुषलाई आइतबार कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनी दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा झापाबाट सहभागी भएर फर्किएका जमाती भएको बताइएको छ ।

बाह्दशी गाउँपालिका–४ साबिक चकचकी ५० वर्षीय उनी दिल्लीबाट फर्किएपछि दुईपटक आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो । दुवै पटकको रिपोर्ट आरडीटीमा नेगेटिभ पछि स्वाब संकलन गरेर पिसिआर परीक्षण गरिएको थियो ।

सोमबारको सर्वपक्षीय वैठकको निर्णय अनुसार पूर्वमा साविक चकचकी–७ अन्तर्गत कञ्चनगढ राजगढ बाटो, पश्चिममा साविक चकचकी–५ को विरीङ खोला, उत्तरमा साविक चकचकी–५ को धमला गाउँ र दक्षिणमा साविक चकचकी–१ विरीङ खोलासम्मको क्षेत्रलाई सिल गरेको बाहदशी गाउँपालिकाले जनाएको छ ।

बाह्रदशी गाउँपालिका–३ पश्चिममा रहेको राधानगरको वस्ती पनि सिल गरिएको काङ्ग्रेस नेता दयानन्द गोस्वामी बताए । निषेधित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने सहमति भएको छ’, नेता गोस्वामीले भने, ‘सिल गरिएको समयावधिभरि सर्वसाधारणलाई घरबाट बाहिर नआउन गाउँपालिकाले अपिल गरेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *