लकडाउन उल्लघंन हुन थालेपछि पसल खोल्न रोक
Published:
by .दमक । दमक नगरपालिकाले बजार सडक पेटीमा खेलिएका पसललाई रोक लगाएको छ । दमक नगरपालिकाको बजार अनुगमन समिति र दमक उद्योग वाणिज्य संघको संयुक्त टोलीले आज बिहिबार दमकको बजार र सडकको दायाबाँया फुटफाँटमा सञ्चालन हुँदै आएका पसलहरु बन्द गराएको हो ।
बुधबार सामाजिक दुरी समेत कायम नगरी जथाभावी पसल सञ्चालन भएपछि नगरपालिका विहीबार कडा रुपमा प्रस्तुत भएको हो । स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा समेत व्यापारीहरुले लडकउनलाई उल्लघंन गरेको नगरपालिकाको ठहर छ । आजदेखी कडा एक्सनमा दमक उद्योग वाणिज्य संघले समेत नगरपालिकाको कार्यक्रममा प्रभावकारी बनाउन सहयोग गरेको छ ।
दमक बजार अनुगमन समितिका संयोजक तथा दमक वडा नं ७ का वडाध्यक्ष भीम पौड्यालको नेतृत्वमा टोली दमकका मुख्य चोक बजारहरुमा निस्केको हो ।
दैनिक उपभोग्य सामाग्रि बाहेकका पसलहरु बन्द गराईएको थियो । दिउसो १२ देखि २ बजेसम्म बजार खुला राख्ने निर्णय नगरपालिकाको रहेको थियो । दैनिक उपभोग्य सामाग्री किनमेलका लागि किराना तथा खाद्य बस्तु विक्री गर्ने पसलहरु खुला भनिएको हार्डवेयर पसलहरु समेत खुला रहेका थिए ।
अन्य नगरपालिका तथा गाँउपालिकाले लकडाउनलाई कडाइ गरिरहँदा दमकमा भने कडाई नभएको सर्वत्र गुनासो थियो । नगरबासीको सुरक्षाका लागि बजारको अवस्था अनुगमन गरिएको हो, अनुगमन समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष पौड्यालले भने ।
बजारमा यो पटक अधिकाँश खाद्य सामाग्रिको पसलमा दैनिक उपभोग्य सामाग्रिको मूल्य सूचि टाँस गरेको पाइएको जनाए । पहिला कसैको पसलमा पनि मूल्य सूचि टाँस गरिएको थिएन तर अहिले अधिकाँशको मूल्य सूचि टाँस गरेको पाईयो । श्रेष्ठले स्थानीय सरकारले गरेको आग्रह र अनुरोध पालना गर्न पनि आग्रह गरे ।
नगरपालिका अधिकृत यज्ञराज निरौला, इलाका प्रशासन कार्यालय दमकका टंक दुलाल, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, प्रथम उपाध्यक्ष राजु खड्का लगायतको अनुगमनमा उपस्थिति रहेको थियो । पसलहरुलाई सामाजिक दुरी अपनाएर र सुरक्षाका साथ बस्न निर्देशन पनि दिइएको थियो ।
Comments