Sajhamanch Archive

जंगलमा लागेको भीषण डढेलाेका भयानक तस्बिरहरु : अहिलेसम्म ७४ को मृत्यु

Published: in फोटो by .

ग्रिसको जंगलमा फैलिएको भीषण डढेलाेमा परी अहिलेसम्म ७४ को मृत्यु भइसकेको छ । राजधानी एथेन्स नजिकैको राफिना टाउन वरपरका जंगलमा फैलिएको डढेलाेका कारण सयौं घाइते भएका छन् ।

आगो फैलन सक्ने खतरा भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आपत्कालीन घोषणा गर्दै युरोपेली युनियन र अन्य देशमाथि डढेलाे नियन्त्रणमा सहयोग गर्न अपिल गरेका छन् ।

सुरक्षाकर्मी तटीय इलाकामा फसेका मानिसहरुलाई निकाल्नका लागि डुङ्गा र हेलिकोप्टरको प्रयोग गरिरहेका छन् । डढेलाे  नियन्त्रणका लागि हेलिकोप्टरको पनि प्रयोग गरिएको छ ।

डढेलाेपछि तापक्रममा थप वृद्धि भएपछि मानिसहरु पानीमा डुबिरहेका छन् ।

तस्बिरः बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *