लकडाउनले प्रदेश नं. १ मा २ अर्ब ६७ करोड बजेट फिर्ता
Published: (Updated: )
by .विराटनगर । प्रदेश नं १ मा लकडाउनले खर्च हुन नसक्ने २ अर्ब ६७ करोड रुपैँया बजेट फिर्ता भएको छ ।
लकडाउनले गर्दा विकास चालु वर्षको बिनियोजित योजनाको काम रोकिएपछि प्रदेश १ सरकार अन्तरगतका मन्त्रालय र विभिन्न निकायबाट २ अर्ब ६७ करोड बजेट फिर्ता भएको हो ।
प्रदेशको १ को ७ वटै मन्त्रालय , देश लोकसेवा आयोग र प्रदेश योजना आयोग अनि प्रदेश सभाले बजेट कटौती गरेर सरकारलाई समर्पण गरिसकेका छन ।
केही दिनभित्र भौतिक मन्त्रालयले पनि बजेट समर्पण गर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालकया अनुसार सबै भन्दा बढी बजेट भूमि,व्यवस्था,कृषी तथा सहकारी मन्त्रालयले समर्पण गरेको छ । उनले १ अर्व ८ करोड रकम सरकारलाई फिर्ता गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट १३ करोड, आन्तरिक मामीला तथा कानुन मन्त्रालयबाट १९ करोड आर्थिक मामिला तथा योजना मन्त्रालयले ६३ करोड रकम फिर्ता भएको छ ।
त्यसैगरी प्रदेश १ को प्रदेश सभाले १० करोड, प्रदेश लोकसेवा आयोग र प्रदेश योजना आयोगले ३-३ करोड बजेट फिर्ता गरेका छन ।
भौतिक पूर्वाधार विकास मान्त्रालयले ३९ करोड समपर्ण गरेको छ । यस मन्त्रालयबाट अरु रकम आउन बाकीँ रहेको उपसचिव पौडेलले बताए ।
त्यसैगरी सामाजिक विकास मन्त्रालय र उद्योग,वन,पर्यटन तथा वातावरण मन्त्रालयले ३०-३० करोड समपर्ण गरेका छन् ।
प्रदेश १ सरकारको वित्तिय हस्तान्तरण अन्तरगत ५ अर्व ६१ करोड स्थानिय तहमा गैसकेको छ । त्यसबाट पनि केहीँ रकम फिर्ता आउने उनले बताए ।
त्यो रकम फिर्ता आउन भने केहीँ समय लाग्ने छ ।
Comments