Sajhamanch Archive

गाउँपालिकाद्वारा गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

कमल । कमल गाउँपालिकाले श्री सिद्धेश्वर गुरुकुल शिक्षा मन्दिरमा अध्ययनरत वटुकलाई खाद्य साम्राग्री प्रदान गरेको छ  ।

गुरुकुलमा अध्यायनरत बटुकलाई लकडाउनका समयमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुमा खानका लागि समस्या नहोस भनेर खाद्य सामाग्री प्रदान गरिएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।

गुरुकुलमा अहिले १८ जना बटुक अध्ययनरत रहेका छन् । झापा, ईलाम , पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग लगायतका जिल्लाबाट गुरुकुलमा अध्ययन गर्न आउने गरेको सिद्धेश्वर गुरुकुल शिक्षामन्दिरका सन्चालक समिती अध्यक्ष सोमनाथ भण्डारीले जानकारी दिए ।

भोको पेटलाई अन्नदान भन्दा ठुलो दान केही नहुने भएकोले यस्तो बेलामा गाउँपालिकाले अन्नदान गरेर ठूलो सहयोग गरेको मन्दिरमा कार्यरत शिक्षक बुद्धि प्रसाद न्यौपानेले बताए ।

खाद्य साम्राग्रीमा चामल १०० के.जी, तेल १० लिटर, दाल ८ के.जी., नुन ७ के.जी., विस्कुट ७ दर्जन, नुहाउने सावुन १० थान र लुगाधुने सावुन १० थान वटुकलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *