Sajhamanch Archive

जिल्ला अदालत पाँचथरमा ७० प्रतिशत मुद्धा फछ्र्यौट

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

पाँचथर । जिल्ला अदालत पाँचथरमा ६९ दशमलब १५ प्रतिशत मुद्दा फछ्र्यौट गरेकोे छ । जुन लक्ष्य भन्दा ०.७५ प्रतिशत कम भएको पाँचथर जिल्ला अदालते जनाएको छ।

आर्थिक बर्ष २०७४।०७५ भित्रमा परेका ६ सय ९७ थान लगत मुद्धामध्ये ४ सय ८२ थान मुद्दा फछ्र्यौट गरेकोे जिल्ला अदालत पाँचथरका न्यायधिश मनोस केशीले जानकारी दिए ।

जिल्ला अदालत पाँचथरले सञ्चारकर्मीहरुसँग बार्षिक कार्यान्वयन लक्ष्य र प्रगति विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०७४।०७५ मा अनुमानित १५ दशमलब १ प्रतिशत लागत बृद्धि भएको र अनुमानित गरिएको फछ्यौट १३ दशमलब ४१ प्रतिशत बृद्धि भएको न्यायाधिश केशीले जानकारी दिए ।

जिल्ला अदालतका अनुसार लेनदेनका ४७ वटा परेको मुद्धामा ३८ वटा फछ्यौट भएको र ९ वटा बाँक िरहेका छन् । त्यस्तै जग्गा सम्बन्धि ९५ वटा मुद्धा परेको र ६२ वटा यस बर्ष फछ्यौट भएको ३३ वटा अर्को आर्थिक वर्षलाई सरेको जनाइएको छ । त्यस्तै, पारिवारिक अन्तरगत ३३२ वटा मुद्धा परेको २२९ वटा फछ्यौट भएको र १०३ वटा बाकी रहेको छ ।

करणी अतरगत ३९ वटा मुद्धा परेकोमा २९ फर्छौयौट भएको र १० वटा अर्को आर्थिक वर्षलाई सरेको जस अन्तरगत हाडनाता करणी ५ वटा मुद्धा परेकोमा ३ वटा पछ्यौट भएको र २ वटा फैसला हुँन बाँकी रहेका छन् । चोरी अन्तरगत परेको १० वटा मुद्धा मध्ये ९ वटा फैसला भएको र १ वटा बाँकी रहेको छ । त्यसैगरी ज्यान अन्तरगत ४१ वटा मुद्धा परेकोमा २९ वटा फछ्यौट भएको र १२ वटा बाँकी रहेका छन् ।

त्यसैगरी अदालतको अवहेलनामा एक वटा मुद्धा परेको त्यो मुद्धा फछ्यौट भइसेको जनाएको छ । गाली बेइजतिमा परेका १२ मुद्धा मध्ये १० वटा फछ्यौैट भएको र २ वटा अर्को आर्थिक वर्षमा सरेको छ । त्यसैगरी जालसाची सम्बन्धि ३६ वटा परेको मुद्धामा २१ वटाको फैसला भइसकेको र १५ वटा बाँकी रहेको छ । यसपटक गतबर्ष भन्दा ७० वर्ष प्रतिशत बढी फछ्यौट भएको न्यायाधिश केशीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *