Sajhamanch Archive

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण भएको पुष्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन्।
स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीकाे निगरानीमा छन्। यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा भेटिएकामध्ये हालसम्म ३० जनाभन्दा धेरै निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। स्मरणीय छ लकडाउन शुरु गरिएको पचासौं दिन भएका बेला यति ठूलो संख्यामा एकैचोटी संक्रमित फेला परेका हुन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *