Sajhamanch Archive

कोरोनाको कारण मंगलबार मात्रै यूएईमा दुई नेपालीको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, स्वास्थ्य by .

यूएई । यूएईमा कोरोनाको कारण आज मात्रै दुई जना नेपालीको ज्यान गएको छ ।

यूएईको आबुधाबीमा एक रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँचीका ३९ वर्षका र यूएईकै अलऐनमा नेपालको ठेगाना नखुलेका अर्का एक युवाको ज्यान गएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय उपचाररत अर्घाखाँचीका युवालाई कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था नाजुक बन्दै गएपछि उनलाई अलऐनको ब्रुजेल अस्पतालमा सारिएको थियो ।

भेण्टीलेटरमा राखेर उपचार भईरहँदा मंगलबार ज्यान गएको अस्पतालले पुष्टि गरेको कम्पनीले परिवारलाई जानकारी गराएको छ । अलऐन अस्पतालमा ज्यान गुमाउने अर्का युवाको भने नेपालमा ठेगाना खुलेको छैन ।

पछिल्लो समय यूएईमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढे पनि राष्ट्रियता नखुलाउँदा दूतावासले सङ्क्रमित नेपालीको यकिन विवरण दिन सकेको छैन । यस्तै कोरोनको कारण ज्यान गुमाउने नेपालीको पनि दूतावासले पुष्टि गर्न छोडेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *