Sajhamanch Archive

सुनसरीबाट आएकी थिइन् भक्तपुरमा भेटिएकी कोरोना संक्रमित युवती

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

भक्तपुर । मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट आएको खुलेको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन् । युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ।

संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ। थप विवरण लिने काम भइरहेको छ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *