रोजिन स्मृति प्रतिष्ठानद्वारा विपन्न परिवारका लागि नगरको कोषमा सहयोग
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिका व्याङ्गडाँडा स्थित रोजिन स्मृति प्रतिष्ठानले शिवसताक्षी नगरपालिकालको कोरोना भाइरस प्रकोप रोकथाम कोषमा खाद्य सामाग्री प्रदान गरेको छ ।
प्रतिष्ठानले आफ्नो बार्षिक कार्यक्रमको खर्च कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउनले दैनिक रोजगारी गर्ने श्रमिकहरु र विपन्न परिवार प्रभावित भएको भन्दै नगरपालिकाको कोषमा खाद्य सामाग्री प्रदान गरेको हो ।
प्रतिष्ठानले १८ हजार १ सय रुपैंंया बराबरको ३ सय केजी चामल, २० लिटर सूर्यमुखी तेल र ५० केजी आयो नून शिवसताक्षी नपाका मेयर चन्द्रकुमार शर्मालाई प्रदान गरिएको हो ।
यसअघि प्रतिष्ठानले प्रत्येक वर्ष एसईईमा सर्वोकृष्ट नतिजा ल्याउने एक÷एक छात्र र छात्रालाई रोजिन स्मृति शिक्षा प्रोत्साहन पुरस्कार तथा रोजिन भण्डारीले अध्ययन गरेको विद्यालय चेतना मावि ब्याङ्गडाँडामा सर्वोकृष्ट अंक ल्याई उत्तीर्ण हुने एक विद्यार्थीलाई चेतना प्रथम शिक्षा प्रोत्साहन पुरस्कार वितरण गरिदैं आएको प्रतिष्ठानको अध्यक्ष टंक भण्डारीले बताए ।
प्रतिष्ठानले सदा वर्षझैं गरिदैं आएको पुरस्कार यस पटक स्थगित गरि सो पुरस्कार बराबरको रकम स्थानीय सरकारलाई सहयोग गरिएको सचिव दिलिप घिमिरेले जानकारी दिए ।
Comments