Sajhamanch Archive

सीमा विवाद अन्त्य गर्न तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नुपर्छ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौ । विपक्षी दलका नेताहरुले सीमा विवाद अन्त्य गर्न सरकारले तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरुले सीमा सुरक्षाका लागि सरकारले पहिले भारतसँग र त्यसपछि भारत र चीन दुवैसँग संयुक्त वार्ता गर्नुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधानका लागि कुटनीतिक र राजनैतिक रुपमा उच्चस्तरमा पहल गर्नुपर्ने सुझाव दिए । नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने भन्दै उनले तत्काल उच्चस्तरबाट पहल अघि बढाउनुपर्नेमा जोड दिएका हुन । उनले वक्तव्यबाजी मात्रै नगर्न आग्रह गर्दै तत्काल पहल थाल्नुपर्ने बताए ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले सीमा विवादबारे बाहिर हल्ला गर्ने भित्र केही पनि नगर्ने प्रवृत्ति गलत हुने बताए ।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सीमा समस्याका सम्बन्धमा सरकारले नागरिकलाई गुमराहमा राखेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सीमा विवादबारे छलफल गर्न सबै दलका नेता र पूर्वप्रधानमन्त्रीलाई सर्वदलीय बैठकमा बोलाएका थिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *