Sajhamanch Archive

सचिवालय बैठकमा स्थायी कमिटीबारे छलफल नै भएन : प्रवक्ता श्रेष्ठ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ।

आज नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताए।

आजको बैठकमा पनि स्थायी कमिटी बैठकबारे छलफल भएन। आजको बैठक सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएको उनले बताए। “बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव माग्नुभयो” उनले भने, ‘प्रधानमन्त्रीले नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन अनुरोध गर्नुभयो।’

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *