Sajhamanch Archive

स्याङजा र सोलुखुम्बुमा दुई जना मृत फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । स्याङजा र सोलुखुम्बुमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

स्याङजाको पुतलीबजार नगरपालिका वडा नं.११ बेलबास बस्ने ३३ वर्षीय ईश्वर जि.टी. सोही नगरपालिका वडा नं.१३ झापाकोटस्थित दरौ खोलाको किनारामा आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं.२ बाउण्डी बस्ने ७५ वर्षीय भिम बहादुर बस्नेत घरदेखि अन्दाजी २ किलोमिटर टाढा भालुङ जंगलको भिरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

दुबै घटनाबारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *