Sajhamanch Archive

लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय सीमामा नेपालले थप पूर्वाधार र जनशक्ति थप्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा आज नीति तथा कार्यक्रम घोषणा गर्दै सीमामा आवश्यक पूर्वाधार र जनशक्तिसहित ‘बोर्डर अब्जरभेसन पोष्ट’ (बिओपी) बनाइने उल्लेख गरिन् ।

ऐतिहासिक सन्धि, नक्सा, तथ्य र कुटनीतिक माध्यमबाट भारतसँग भएको सीमा विवाद समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भएकाले त्यसलाई पुनःप्राप्त गरिने र छुटेको भूमि समावेश गरेर नेपालको नक्सा बनाइने राष्ट्रपति भण्डारीले बताइन ।

यस्तै अध्यागमनलाई अध्याधुनिक र प्रविधिमैत्री बनाइने, प्रदेशसँगको समन्वयमा कारागारको भौतिक पूर्वाधार विकास गरेर व्यवस्थापन गरिने र कैदीको श्रम र सीपलाई उत्पादनमूलक काममा लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापनाको लागि अध्ययन थालिने उनले बताइन ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *