Sajhamanch Archive

भोलिदेखि सरकारको नीति तथा कार्यक्रमबारे संसदमा छलफल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार प्रतिनिधिसभाको बैठकमा छलफल हुने भएको छ ।

संसद सचिवालय सिंहदरबारमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ ४ र ५ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधि सभाको बैठक आह्वान गर्ने निर्णय गरेको सभामुखका प्रेश सल्लाहकार श्रीधर न्यौपानेले जनाएका छन् ।

सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने, सांसदहरुले पहिले आफू बसेको सीट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने, छलफलका क्रममा उठेका प्रश्नको जेठ ६ गते प्रधानन्त्रीले जवाफ दिनेगरी व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *