Sajhamanch Archive

पाकिस्तान चुनाव पूर्व क्रिकेटर इमरान खानको पार्टी सबैभन्दा अगाडि

Published: in राष्ट्रिय समाचार by .

पाकिस्तानमा भएको चुनावमा पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीले सबैभन्दा बढी मत पाएको छ ।

मतदानको १० घण्टा पछि बिहान आएको नतिजा अनुसार खानको पार्टीले सबैभन्दा बढी मत पाएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् । अहिले सम्मको नतिजा अनुसार दोस्रो स्थानमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग रहेको छ ।

शरीफले जारी मतगणनामा देखिएको परिणामलाई अस्वीकार गरेका छन् ।

पाकिस्तान मुस्लिम लिगले चुनावी मत परिणाममा षड्यन्त्र भएको आरोप लगाएको छ । मत गणनामा अग्रता कायम गरेपछि पाकिस्तान तहरीक–ए–इन्साफका कार्यकर्ताले देशभर खुसीयाली मनाउन थालेका छन् ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *