Sajhamanch Archive

सिमा अतिक्रमणविरुद्ध काँकडभिट्टामा विद्यार्थीको प्रदर्शन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियन काँकडभिट्टा बहुमुखी क्याम्पस र काँकडभिट्टा उच्च माविका विद्यार्थीहरुले आज पूर्वी सिमा नाका काँकडभिट्टामा भारतले गरेको सीमा अतिक्रमण विरुद्ध प्रदर्शन गरेका छन् ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि लकडाउन भएको मौका छोेप्दै भारतले नेपाली भूमी मिचेर चीनको सीमा मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा प्रदर्शन गरेको त्रिदेव नेविसंघका एकाई सभापति आइतहाङ लिम्बूले जानकारी दिए ।

भारतको विस्तारवादीविरुद्ध चर्को नारा लगाउदै सुरु भएको र्याली काँकडभिट्टा बजारका विभिन्न भागको परिक्रमागरी कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभालाई सम्बोधन गर्दै नेविसंघ झापा जिल्ला सह-सचिव तथा काँकडभिट्टा बहुमुखी क्याम्पसका स्ववियू सभापति सुरज सुवेदीले “यदि भोली देशका लागि लडदै गर्दा हामीलाई तलमाथि भएमा केपी सरकार अनि प्रधानमन्त्रीलाई पनि नछोड्ने चेतावनी दिए” ।

सो कोणसभाको सञ्चालन नेविसंघका मेचीनगर सचिव रुपक पराजुलीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *