Sajhamanch Archive

भारतद्वारा ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट प्रदान

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । भारतले नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग गरेको छ ।

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतवार कोभिड–१९ पीसीआर किट हस्तान्तरण गरेका हुन् ।

पुनाका माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । सो टेस्ट कीटको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्ने दूतावासले विश्वास व्यक्त गरेको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *