Sajhamanch Archive

कोरोनासंक्रमितले झुठो बोल्दा ट्रेसिङमा समस्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

धनुषा । धनुषामा शनिबारराति संक्रमण देखिएका धनुषाका दुई जना व्यक्तिले झुठो विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ ।

ति दुई जना संक्रमितले सुरुमा आफुहरु चितवनबाट आएको बताएपनि जनकपुरस्थित कोभिड विशेष अस्पतालमा आउँदा उनीहरुले आफुहरु मुम्बईबाट आएको स्वीकार गरेका छन् ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित प्रादेशिक क्वारेन्टाइनमा रहेका दुवै संक्रमितले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतलाई आफूहरु वैशाख ९ गते चितवनबाट आएको भन्दै झूठो विवरण दिँदै आएका थिए । संक्रमित दुवै धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ स्थित घोडघासका हुन् ।

प्रादेशीक जनस्वास्थ्य कार्यालयका प्रवक्ताले उनीहरु मुम्बईबाट आएको जानकारी दिए । उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमाबाट क्वारेन्टाइनसम्म ल्याउने व्यक्ति सम्पर्कमा आएपछि उनीहरूको पोल खुलेको थियो । त्यसपछि भने उनीहरुले वास्तविक कुरा बताएका थिए ।

ति दुवै जना चितवनबाट नभएर भारतको मुम्बईबाट आएको खुलेको छ । मुम्बईमा उनीहरू मजदूरी गर्ने गरेका थिए । उनीहरु आउने क्रममा धनुषाको बेलो गाउँमा खाना समेत खाएको कुरा खुलासा भएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *