Sajhamanch Archive

सरकार कोरोना नियन्त्रणमा असफल : सभापति देउवा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको भन्दै यसले वर्तमान जटिलतालाई सम्बोधन गर्न नसक्ने बताएका छन् ।

आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले सरकारले ल्याउने नीतिले वर्तमान जटिल अवस्थाको सम्बोधन गर्ने अपेक्षा गरिएपनि त्यसअनुकुल नभएको बताए । सरकारमा कोरोनाले गर्नसक्ने क्षतिबारे ज्ञान नभएको, जनताको संवेदना बुझ्न सक्ने हृदय नभएको र यस्तो बेला जनतालाई आश्वस्त पार्ने योजना केही नआएको आरोप उनले लगाए ।

सभापति देउवाले सरकार कोरोना नियन्त्रणमा असफल भएको आरोप लगाउँदै कोरोना आएको चार महिनासम्म पनि थोरै परीक्षण, स्वास्थ्य उपकरणको अभाव, प्रभावित जनतालाई उचित राहतको अभाव एवं देशभित्र र बाहिरका मानिसलाई सुरक्षित स्थानामा ल्याउन नसक्दा सरकारविहीनताको अवस्था देखिएको बताए ।

हजारौं मानिस स्वदेश फर्कन चाहिरहेका समयमा तिनलाई ल्याउने ठोस कार्ययोजना के छ चन्दै उनले प्रश्न गरे । देउवाले पीसीआर परीक्षण समुदायस्तरमा लैजान, राहत तथा विदेशमा आपतमा परेकालाई स्वदेश फर्काएर क्वारेन्टिनमा राखेर घरसम्म जान दिन माग गरे ।

उनले नीति तथा कार्यक्रममा विगतकै कार्यक्रम दोहोरिएको टिप्पणी गर्दै सुशासन, शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रणजस्ता कुरामा जोड दिएको भन्ने सरकारले निर्मला पन्तको हत्यामा संलग्नको पहिचानसम्म गर्न नसकेको उल्लेख गरे ।

उनले निजगढ विमानस्थलदेखि कयौं योजना अलपत्र परेको भन्दै राजनीतिक लोकप्रियताका लागि घोषित नीति तथा कार्यक्रमको गरिमा नै नहुने बताए ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *