Sajhamanch Archive

भारतीय क्‍वारेन्टाइनमै किरिया बस्‍न बाध्य भए नेपाली

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बैतडी । लकडाउनका कारण नाका बन्द हुँदा गएको ५ दिनदेखि बैतडीका चार जना भारतमै किरिया गर्न बाध्य छन्। बैतडीको सुर्नया गाउँपालिका वडा नं.३ का राजेन्द्रप्रसाद भट्ट र ताराका बुवा देवदत्त गत वैशाख ३१ गते बितेका थिए।

भारतमा मजदुरी गर्दै आएका उनीहरू नाका बन्द भएकाले घर आउन नसकेपछि भारतको झुलाघाटमै किरिया गर्न बाध्य भएका हुन्। यस्तै पुर्चौडी नगरपालिका वडा नं.७ का ठगी साँउदकी आमा भुरी पनि यही जेठ १ गते बितेपछि ठगी पनि झुलाघाटमै किरियापुत्री बसेका छन् । साथै सिगास गाउँपालिका वडा नं.९ का कृष्णसिंह धामीकी श्रीमती कलावती गत वैशाख ३० गते बितेकी थिइन्।

कृष्ण पनि स्वदेश फर्कन पाएका छैनन् । उनीहरुले आफूहरुलाई स्वदेश फिर्ताको माग गरिरहेका छन्। उनीहरुले झुलाघाटस्थित जिआइसी क्‍वारेन्टाइनमा किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने उनीहरुलाई नेपालको तर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताए। ‘नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आए पनि भारतीय पक्षले ढिलाइ गरिरहेको छ,’ उनले भने, ‘हामीले पिथौरागढको डिएम साबलाई ४ दिनअघि नै पत्र काटिसकेका छौं, भारतीय पक्ष सहमत हुँदा नाका खोली उनीहरुलाई स्वदेश भित्र्याउछौं।’

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *