Sajhamanch Archive

निर्माण कम्पनीको गाडी चलाउँदै आएका थिए धनुषाका संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

धनुषा । सोमबार धनुषामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका व्यक्ति पेशाले निर्माण कम्पनीमा सवारी चालक रहेको खुलेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाले २८ वर्षीय ती व्यक्ति धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अरेरबाका बासिन्दा भएको बताए । ‘आज भेटिएका संक्रमितको स्थायी घर धनुषा भए पनि उनी लगभग २१/२२ दिनदेखि काठमाडौंमै बसिरहेका छन्’, प्रजिअ निरौलाले  भने।

उनका अनुसार संक्रमितले कुनै निर्माण कम्पनीको गाडी चलाउँदै आएका छन् ।

,‘उनले कुनै कन्स्ट्रक्सनको गाडी चलाउँदै आएका छन्, पेशाले चालक भएकाले धेरै ठाउँमा गएको हुन सक्छ, संक्रमितले आफू पूर्व-पश्चिमका धेरै स्थानमा गएको भन्ने बताएका छन्, उनको बारेमा थप जानकारी लिँदैछौं।’

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *