Sajhamanch Archive

क्याविनेट बन्यो पेपरलेस : मन्त्रीका हातहातमा ल्यापटप

Published: in राजनीति by .

काठमाडौं । अब मन्त्रिपरिषद् बैठक विकसित मुलुकमा जस्तै अटोमेसन सिस्टम स्वचालित प्रणालीबाट हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पेपरलेस अवधारणलार्इ व्यवहारमा लागू गर्न बिहीबारबाट मन्त्रिपरिषद्को बैठक स्वचालित प्रणालीबाट सुरु हुन लागेको हो।

यसका लागि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलार्इ अत्याधुनिक र एकै क्षमताको ल्यापटप उपलब्ध गराइसकेको छ।

बिहीबारको बैठकमा मन्त्रीहरूलार्इ फरकफरक युजरनेम र पासपोर्ट उपलब्ध गराएपछि उनीहरूले मन्त्रिपरिषद्मा पेस हुने एजेण्डा सिस्टममा लिंक गर्ने छन्।

मन्त्रिपरिषद्का बैठक पेपरलेस बनाउने भन्दै प्रधानमन्त्री ‌ओलीले सबै मन्त्रीहरूलार्इ ुकि कम्प्यूटर चलाउन सिक्नू कि राजीनामा दिनूु भन्दै निर्देशन दिएका थिए।

त्यसलगत्तै मन्त्रीहरूलार्इ कम्प्युटर संचालनसम्बन्धी ज्ञान पनि दिएको मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

त्यसैअनुरूप बिहीबार उपस्थित भएका सबै मन्त्रीहरूले ल्यापटप बोकेर क्याविनेट बैठकमा आएका छन्।

अब मन्त्रीहरूले जुनसुकै ठाउँबाट पनि मन्त्रिपरिषद्मा पेस गरेका प्रस्तावहरू सजिले हेर्न पाउने भएका छन्।

यसअघि मन्त्रिपरिषद्मा पेस हुने प्रस्ताव फाइल गरेर पेस गरिने गरिन्थ्यो जसले गर्दा मन्त्रीहरूले प्रस्तावहरू राम्रोसँग अध्ययन गर्न समेत नपाउने समस्या हुने गरेको थियो।

यसका साथै बिहीबारको बैठकमा सेक्टेम्बर २३ देखि २५ सम्म संचालन हुने बिमिस्टेक बैठक संचालनका लागि हलको व्यवस्थापनका आवश्यक व्यवस्था गर्न सेनालार्इ जिम्मा दिन बताइएको छ।

बैठकका लागि पाँच हजार जना अट्न हल आवश्यक पर्ने तर नेपालमा त्यस्तो हल नभएकाले त्यसको व्यवस्थापन गर्न सहरी विकास तथा भवन निर्माण विभागको आग्रहमा रक्षा मन्त्रालयमार्फत सेनालार्इ जिम्मा दिन लागिएको स्रोतले बताएको छ।

स्रोतका अनुसार छोटो समयमा हल निर्माण गर्न पर्ने भएकाले सेनालार्इ यसको जिम्मा दिन लागिएको हो।

थाहाखबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *