Sajhamanch Archive

बस रिजर्भ गरेर काफल खान गएका युवाहरु प्रहरीको नियन्त्रणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

गोरखा । लकडाउनको समयमा बस रिजर्भ गरेर काफल खान गाएका ३० जना युवाहरुलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरानचोक गाउँपालिका वडा नं.४ छोप्राकको मैदानबाट गाडी लिएर उनीहरु वडानम्बर २ नयाँबजार नजिकैको जंगलमा गएका थिए ।

विशेष सूचनाको आधारमा प्रहरी पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । ‘त्यो बाटोमा हाम्रो प्रहरीको कुनै पनि युनिट छैन, त्यही थाहा पाएर बस लिएर काफल खान जंगल गएछन्,’ उनले भने, ‘खादै गर्दा प्रहरी आएको देखेपछि गाडी लिएर भाग्न खोज्दा नियन्त्रणमा लिएका हौ ।’

इलाका प्रहरी कार्यालय हर्मीर्बाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ नियन्त्रणमा लिएको उनले बताए । बस लिएर काफल खान जाने अधिकांश यातायात मजदुर रहेको उनले जानकारी दिए ।

युवाहरुले प्रयोग गरेको ना५ख ४७६ नम्वरको बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लघंन गरेकाले उनीहरुलाई आवश्यक कारबाही गरिने एसपी अधिकारीले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *