Sajhamanch Archive

कांग्रेसले सार्वजनिक गर्‍यो रेस्क्यु नेपाली र वेब एप

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘रेस्क्यु नेपाली’ एप र ‘वेब एप’ सार्वजनिक गरेको छ।

कांग्रेसले नेपालसहित ४३ देशबाट बुधबार दिउँसो एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एक ‘एप’ निर्माण गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत नेपालमा र विभिन्न ३५ देशमा नेपाली जनसम्पर्क समिति संयोजकहरूले एप’ र ‘वेब एप’ सार्वजनिक गरेको कांग्रेसले जनाएको छ। नेपालबाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरूको हालको स्थिति विवरण संकलन गर्न र अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रूपमा तथ्यांक संकलन गर्ने उद्देश्यले एप निर्माण गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसले संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न सरकारलाई सघाउ र दबाब पुर्‍याउने लक्ष्य राखेको छ। कांग्रेसले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको तत्कालै उद्धार गर्न भन्दै सरकारलाई दबाब दिँदै आइरहेको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *