मुम्बईबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित
Published: (Updated: )
by .बुटवल । कपिलवस्तुमा बुधबार पहिचान भएकाहरु हालै भारतबाट फर्किएकाहरु रहेका छन् । कोरोना संक्रमितमध्ये महाराजगञ्जका ९ जना एकै टोलका रहेको खुलेको छ । त्यहाँका पाँच परिवारमा कोरोना संक्रमण भएको छ ।
एक परिवारका तीन जनामध्ये आमा र दुई छोरी र अर्को घरमा आमाछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु सबै दुई साताअघि ट्रक र पैदल यात्रा गर्दै लकडाउनकै बीचमा मुम्बईबाट नेपाल आएका हुन् ।
महाराजगञ्ज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम जैसवालका अनुसार महाराजगञ्ज नगरपालिका वडा नं.८ सिसवाका ७ जना र वडा नम्बर १ का दुईजना संक्रमित भेटिएका हुन् ।
९ जनामध्ये २ बालक, २ बालिका, ४ महिला र एक पुरुष रहेका छन् । यस्तै विजयनगर गाउँपालिकाका तीन पुरुषमध्ये २ पुरुष एकै घरका दाजुभाइ हुन् ।
महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलामले संक्रमित ९ जना क्वारेन्टाइनमै रहेका बताए । उनीहरु सबैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा आरटी-पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको हो ।
अनलाइनखबर
Comments