Sajhamanch Archive

शाखा अधिकृतलाई खाममा घुस दिन खोज्ने मोरङका सिडिई अख्तियारको फन्दामा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by .

मोरङ । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जल तथा सिचाइँ विकास डिभिजन मोरङका प्रमुख (सिडिई) आनन्द कुमार झालाई आज अख्तियारले प्रक्राउ गरेको छ।

डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेका थिए।

झाले उक्त रकम खाममा हालेर पौडेलको कार्यकक्षको टेबलको घर्रामा राखिदिएका थिए। खाम आफ्नो टेबलको घर्रामा झाले राखिदिएपछि यो के हो भनेर सोध्दा नभनेको पौडेलले बताएका छन्।

साथै झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको बताएका छन्। उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराई पाउँ भनी निवेदन दिएका थिए।

यो घटनाको सामान्य जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयले झालाई प्रक्राउ गरेको हो।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *