Sajhamanch Archive

कालिगण्डकीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

पाल्पा । पाल्पामा कालिगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।

रामपुर नगरपालिका वडा नं.१० सिकोडाँडाका १० वर्षीय सुनिल भट्टराई र सोही उमेरका समिर चापागाईको शव फेला परेको हो।

यहि जेठ ४ गते दिउँसो एक बजे पौडी खेल्नेक्रममा उनीहरू रामपुर नगरपालिका वडा नं.१० मलौटेस्थित कालिगण्डकीमा बेपत्ता भएका थिए। खोजी गर्नेक्रममा ४ दिनपछि उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

दुवैजनाको शव केलादीस्थित नदी किनारमा फेला परेको उनले बताए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *