Sajhamanch Archive

प्रहरी कुट्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटे

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले उनीहरुलाई छाडिएको बताए । चिनियाँ नागरिकहरु घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा २६ वैशाखमा पक्राउ परेका थिए ।

नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई चिनियाँ नागरिकले कुटेका थिए । त्यसक्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र एक जना प्रहरी जवान घाइते भएका थिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *