Sajhamanch Archive

३२ जनासँगै भारतबाट आएका थिए दाङका नयाँ संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिहीबार बेलुकी कोरोनाभाइरस संक्रमित पुष्टि भएका दाङका नयाँ संक्रमित चार दिनअघि भारतबाट आएको खुलेको छ।

उनी जेठ ४ गते कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन्।

घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षीय ती पुरूषलाई भारतबाट आएपछि सोझै लगेर मानव आश्रम सेवा केन्द्र कुइरेपानीमा निर्मित क्वारेन्टिनमा लगेर राखिएको थियो।

घोराही-३ का अध्यक्ष माधवप्रसाद चौधरीले बिहीबार संक्रमण पुष्टि भएका व्यक्ति उक्त दिन वडामा आउने एक्ला व्यक्ति भएको बताए ।

‘उहाँ रातको १ बजे आइपुग्नु भएको हो, बसबाट सोझै झारेर क्वारेन्टिनमा पठाएका हौं,’ वडाध्यक्ष चौधरीले भने, ‘उहाँसँगै अरू बसभरि थिए।’

उनले अरू घोराही, ४, २, ६, १० नम्बर वडाका र केही तुलसीपुरका पनि रहेको भन्ने आफूलाई उक्त दिन जानकारी दिइएको बताए।

‘उक्त दिन ३२ जनासँगै उनी आएका हुन्, त्यसमध्ये केही तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर माविको क्वारेन्टिनमा पनि राखिएका छन्,’ एक अधिकारीले भने।

३२ जना अन्य को– को हुन् भनेर खोजी सुरू भएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *