Sajhamanch Archive

संक्रमितको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

विराटनगर । विराटनगरका दुईजना कोरोना संक्रमितको सम्पर्कमा पुगेका १२० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार विराटनगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको सम्पर्कमा आएकाहरु र विराटनगर महानगरपालिकाका सफाइ कर्मचारी गरी १२० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

विराटनगर १५ घर भएका ३६ वर्षका विराटनगर महानगरपालिकाका कर्मचारी र विराटनगर ६ कि २९ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितको घर आसपासका मानिस र विराटनगर महानगरका सफाइ कर्मचारीसहित जम्मा १२० जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *