Sajhamanch Archive

सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्दैनौंः सरकारका प्रवक्ता डा. खतिवडा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । भारतले अतिक्रमण गरेको नेपालको भूभागसम्बन्धि विवादलाई नेपालले तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने जनाएको छ ।

भारतसँग कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गर्दै सरकारले सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ तथा सूचना एवं सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

नेपाली नक्शामा समेटिएको क्षेत्र फिर्ता ल्याउन नेपालसँग यथेष्ट प्रमाण रहेको भन्दै खतिवडाले मन्त्रिपरिषद्ले देशको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्ने निर्णय गरेको जानकारी पनि दिए ।

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्शा अद्यावधिक गरेकाले निशान छाप संशोधन गर्नुपर्ने भएको र त्यसका लागि संविधान नै संशोधन आवश्यक भएको हो ।

यसैगरी बैठकले केही अध्यायदेश खारेज गरी नेपाल ऐनको पहिलेको व्यवस्था जगाउने अध्यादेश २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले इस्लाम धर्मावलम्बीको पर्व ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको पनि मन्त्री खतिवडाले जानकारी दिए ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *