Sajhamanch Archive

बालिकामाथि जवरजस्ती आरोपमा युवा पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

उदयपुर । जंगलमा बाख्रा चराउन गएकी बालिकामाथि जवरजस्ती प्रयास गरेको आरोपमा उदयपुरका एक युवक शुक्रबार पक्राउ परेका छन् ।

स्थानीय १३ वर्षीया बालिकालाई जवरजस्ती प्रयास गरेको अभियोगमा जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नंं.२ का १८ वर्षीय अभिषेश खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाउँकै जंगलमा बाख्रा चराउँन गएकी बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । पीडितका अभिभावकले दिएको जाहेरीका आधारमा स्थानीय प्रहरी टोली खटई खत्रीलाई पक्राउ गरिएको हो । खत्रीलाई सदरमुकाम गाईघाट ल्याइसकिएको एसपी मगरले बताएका छन् ।

वैशाख ३१ गतेको घट्नाबारे अभिभावकले शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पक्राउ खत्रीमाथि जवरजस्ती करणी ऐन अनुसार कारबाही गर्ने तयारी भईरहेको जनाइएको छ ।

नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *