अन्तिम अभ्यासमा नेपालकाे जीत
Published:
by .युरोप टुरमा रहेको नेपालले इंग्ल्यान्डको स्थानिय टिमसँग खेलको अन्तिम एकदिवसीय खेलमा पनि प्रभावसाली जीत निकाल्दै अभ्यास खेललाई फलदायी बनाएको छ।
इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय सिरिजको लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अन्तिम अभ्यासका क्रममा बिहिबार इष्ट लन्डन शार्कलाई १३४ रनले हरायो।
पहिलो ब्याटिङ गर्दे नेपालले दिएको २ सय ५२ रनको फराकिलो लक्ष्य पछ्याएको इष्ट लन्डन शार्कले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११७ रन बनाउन सक्यो। शार्कका लागि ताकी अब्बासले ३२ तथा हाफिज यावरले २६ रन जोड्नु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन्। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ तथा ललित नारायण राजवंशीले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा मात्र ४ विकेट गुमाएर २५१ रनको उच्च योगफल तयार गरेको थियो। नेपालको उच्च योगफलमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक पुरा गरे।
नेपालको लागि ओपनर ज्ञानेन्द्रले सर्वाधिक ७५ रन बनाए। ज्ञानेन्द्रले धेरैपछि खेलमा फर्कन सफल भए। ४७ बल खेलेका ज्ञानेन्द्रले ६ छक्का र ५ चौका प्रहार गरे। यस्तै कप्तान पारस र दीपेन्द्रले समान ६७ रन जोडे। नेपालका रोहित कुमार पौडेल १२ रनमा अविजित रहे। शार्कका सलिम अकबरले २ विकेट लिए। नेपालले प्रतियोगितामा खेलेका चार खेलमा तीनमा जित निकाल्न सफल भएको छ।
एजेन्सी
Comments