Sajhamanch Archive

राँगाको आक्रमणबाट महिलाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

रौतहट । रौतहटको पूर्वीभेग बृन्दावन नगरक्षेत्र अन्तर्गत राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बनभित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पाश्वानको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य तीनजना महिलासंग वनबाट दाउरा ल्याउँदै गर्दा शुक्रबार साँझ एक्कासि वनभित्रै राँगाले आक्रमण गर्दा पाश्वानको ज्यान गएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *