Sajhamanch Archive

कोरोना संक्रमित महिला जनप्रतिनिधि

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

भक्तपुर । स्वास्थ्य मन्त्रालयले शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी महिला नगरपालिकाकी जनप्रतिनिधि रहेको खुलेको छ।

उनी भक्तपुर नगरपालिका वडा नं.९ की जननिर्वाचित महिला सदस्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर नपा- ९ सूर्यमढी निवासी उनलाई पाटन अस्पताल लगिएको जानकारी दिए। उनका अनुसार संक्रमितको घर समुदायबाट छुट्टिएकोले घरलाई मात्रै सिल गरिएको छ। संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान (कन्टाक्ट ट्रेसिङ) गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक प्रधानले सुनाए।

‘उहाँ (संक्रमित) जनप्रतिनिधि रहनुभएकाले कन्टाक्ट ट्रेसिङ गर्न चुनौतीपूर्ण रहेको छ’, उनले थपे, ‘उहाँ स्वास्थ्य स्वयंसेविका पनि भएकाले वडामात्रै नभएर नगरभर क्रियाशील भएको पाइएको छ।’

अन्नपूूर्ण पोस्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *