Sajhamanch Archive

प्रदेश सरकारले धनकुटा जिल्ला अस्पतालमा पठायो विशेषज्ञ टोली

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by .

विराटनगर । धनकुटा जिल्ला अस्पतालमा सेवा सुरु गर्न प्रदेश सरकारले टोली पठाएको छ ।

प्रदेश एक सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना विशेषज्ञ सहितको टोली खटाएको हो । उनीहरुले आइतबारदेखि सेवा सुरु गर्नेछन् ।

आज र भोलि पनि निर्मलीकरण गरी र सेवा सुरु गर्ने तयारी भैरहेको जिल्ला अस्पताल धनकुटाका डाक्टर पुजन विश्वकर्माले जानकारी दिए । कोरोना सङ्क्रमित भेटिएपछि धनकुटा अस्पताल गएको ४ गते सिल गरिएको थियो ।

जिल्ला अस्पतालका डाक्टर तथा कर्मचारी भने क्वरेन्टीनमा छन् । धनकुटामा ४ जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीका आफन्त र दुई जना प्रहरी जवान गरी ७ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितको अहिले कोरोना विशेष अस्पताल विराटनगरमा उपचार भैरहेको छ र उनीहरुको अवस्था सामान्य छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *