Sajhamanch Archive

करेन्ट लागेर एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ को सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका घोडाघोडी १० का ३३ वर्षीय जबरसिह चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी प्रवक्ता दक्ष बस्नेतले जानकारी दिए । उनको शनिबार राति करिब ११ बजे ज्यान गएको हो ।

अर्का मजदुर घोडाघोडी १७ कै सुजन चौधरी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्नेतले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *