Sajhamanch Archive

बालिका करणी गरेको आरोपमा एकजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

गोरखा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नंं.७ च्याङ्लिका १७ वर्षीय दिपेन्द्र कुमाल रहेको प्रहरीले जनाएको छ । गत वैशाख २० गते बालिकालाई ललाइफकाइ आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको पीडितले दिएको जायरी उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वासुदेव खतिवडाले बताए ।

कुमाललाई आइतबार जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *