Sajhamanch Archive

कुखुराको खोरले च्यापिएर दुई जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

चितवन । कुखुराको खोरको छानाले च्यापिएर नवलपुरको गैंडाकोटमा दुईजनाको मृत्यु भएको छ ।

आइतबार साँझ हावाहुरीसहितको आएको पानीले खोरको छाना भत्काउँदा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका वडा नं.८ का ३५ वर्षीया काँशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

च्यापिएर गम्भीर घाइते भएका दुवैजनाको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *